पुडासैनीको घटना सेलाउन नपाउँदै गोंगबु बसपार्कको होटलमा नग्न अवस्थामा एक जोडी मृत फेला

काठमाडौँ । पत्रकार शालिकराम पुडासैनीको घटना सेलाउन नपाउँदै काठमाडौंको नयाँ बसपार्कमा एक जोडी मृत अवस्थामा फेला परेका छन।

बसपार्कको मोरङ पर्वत गेस्ट हाउसको कोठा नं १११ मा चितवनका ३७ वर्षीय यमबहादुर मगर र मकवानपुरकी ३० वर्षीया सबिता भनिने सबिना बजगाईं अर्धनग्न अवस्थानमा मृत भेटिएका हुन्।

Advertisement

घटनास्थलको प्रारम्भिक मुचुल्का उठाएर प्रहरीले अनुसन्धान थालिएको जनाएको छ। प्रहरीका अनुसार कट्टुमात्र लगाएको अवस्थामा युवतीको शव खाटको तलपट्टी र युवकको खाटमाथि भेटिएको थियो ।

प्रहरीका अनुसार, उनीहरु राति ११ बजे होटलमा बसेका थिए। विहान खान खान बोलाउँदा पनि ढोका खोलेका थिएनन्। दिउँसो १ बजेसम्म पनि नस्किएपछि प्रहरी बोलाएर होटलको ढोका खोल्दा नग्न अवस्थामा मृत भेटिएका थिए।

More News last news
Loading...