आत्महत्या दुरुत्साहनको आरोपमा स्कुल संस्थापकसहित तीन जनालाई जेल सजाय

काठमाडौं। समता स्कुल र अस्पतालका संस्थापक उत्तम सञ्जेलकी पत्नीसहित तीन जना कारागार चलान भएका छन्। अदालतको फैसलापछि उनीहरु जेल चलान भएका हुन्।

गएको असार ३ असारमा बौद्धस्थित समता अस्पतालभित्रै आत्महत्या गरेकी रामेछाप दोरम्बाकी २७ वर्षीया बिमला तामाङले सुसाइड नोटमा आफूलाई उत्तम सञ्जेलकी श्रीमती कला सञ्जेल, कर्मचारी पितकुमारी श्रेष्ठ र संगीता केसीले वाध्य पारेको उल्लेख गरिएको थियो। विमला सोही अस्पतालमा काम गर्दै आएकी थिइन्।

Advertisement

आत्महत्या गर्न दुरुत्साहन पारेको भन्दै तामाङका परिवारले प्रहरीमा तीन जनाविरुद्ध किटानी जाहेरी दिएका थिए। प्रहरीले सोही सुसाइड नोटलाई आधार मानेर कर्तव्य ज्यान मुद्दामा अनुसन्धान गरेको थियो। जिल्ला अदालत काठमाडौंले अहिले उनीहरु तीनै जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ।

गत भदौ १ गतेदेखि लागू भएको आत्महत्या दुरुत्साहन सम्बन्धि कानूनका आधारमा उनीहरुमाथि फैसला गरिएको हो।

More News last news
Loading...