चितवन। आत्महत्या दुरुत्साहन अभियोगमा पक्राउ परेका रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्की तीनैजनालाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत चितवनले आदेश दिएको छ ।
गत बिहीबार पक्रउ परेका उनीहरुलाई शुक्रबार अदालत पेश गरी पाँच दिनको म्याद लिएर अनुसन्धान सुरु गरिएको थियो । हिजो ५ दिनको म्याद पूरा भएपछि उनीहरुलाई आज पुनः अदालत पेश गरिएको थियो।
आज थुनछेकको बहस सुरु हुँदा प्रहरीले सरकारी वकिलमार्फत २० दिनको म्याद मागेको भए पनि अदालतले ५ दिनमात्र म्याद थपिदिएको हो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
