चितवन । पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गर्नका लागि डोरी किनेको पसल प्रहरीले फेला पारेको छ । सिसिटिभी फुटेजमा शालिकराम एक्लै गएर बसपार्कमा रहेको एक पसलबाट डोरी किनेको दृश्य फेला परेको छ।
प्रहरीले पसलको सिसिटिभी फुटेज लिएर अनुसन्धान थालेको छ । बसपार्कको होटल कंगारुमा दिउँसो ३ः३०मा पुगेका पुडासैनीले बाहिर निस्किएर डोरी किनेका फुटेजमा देख्न सकिने अनुसन्धानमा संलग्न प्रहरीका एक अधिकारीले जानकारी दिए।
पत्रकार पुडासैनीले लुगा सुकाउन भन्दै ५ मिटर डोरी मागेका थिए। दृश्यमा पसलका कामदारले डोरी नापेको र प्लाष्टिकको झोलामा डोरी लगेको देखिएको छ।
होटलमा पुगेर आत्महत्या गरेका पुडासैनीको मोबाइलमा रहेको भिडियो सन्देशमा सञ्चारकर्मी रवि लामिछानेसहित तीन जनाका कारण आफूले आत्महत्या गरेको उल्लेख छ।
प्रहरीले आत्महत्यामा दुरुत्साहनको अनुसन्धानका लागि लामिछानेसहित, पत्रकार युवराज कंडेल र नर्स रुकु भन्ने अस्मिता कार्कीलाई हिरासतमा राखेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
