चितवन । चितवनको भरतपुरमा आज पनि सञ्चारकर्मी रवी लामिछानेका समर्थक र प्रहरीबीच झडप भएको छ।
प्रर्दशनकारीले प्रहरीको मोबाइल गस्तीको गाडी तोडफोड गरेपछि झडप भएको हो।
प्रर्दशनकारीलाई तितरवितर पार्न प्रहरीले लाठी चार्ज गरेको छ। सो क्रममा प्रहरीले चार राउण्ड अश्रुग्याँस समेत प्रहार गरेको छ। जिल्ला प्रहरी कार्यालय परिसरमा ठूलो संंङ्ख्यामा प्रहरी परिचालन गरिएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
