गोरखा । गोरखा जिल्ला भीमसेन थापा गाउँपालिका वडा नं. ४ चौताराका यी २२ बर्र्षिय श्याम नेपाली जन्मजात अपाङ्ग हुन्। दलित समुदायको बाहुल्य बस्ती रहेको चौतारा जहाँ शिबले जम्मा २ कक्षा सम्ममात्र पढ्न पाए।
जन्मदा नै अपाङ्गता भएर जन्मिएका श्याम सानो उमेरमा त कतै पनि हिडडुल नै गर्न सकेनन्। दुबै खुट्टा जोडिएका थिए। उनका परिवारले धेरै ठाउँमा उपचार गर्न लगे तर उनी उभिएर हिड्न भने सकेनन्।
हिड्नै नसक्ने छोरालाई कम्सेकम घिस्रिएर हिड्न सक्ने बनाउन उनका परिवार सफल भए। आज यीनै श्याम घिस्रिएर हिड्छन् । घर नजिकै चौतारी छ । यो चौतारीमा मानिसहरुको बाक्लो आवत जावत हुन्छ।
मानिसहरुको आवतजात हुने भएर होला श्याम धेरैजस्तो समय त्यही चौतारीमा भेटिन्छन्। कतिपयले उनको शारिरिक अवस्था देखेर दयामाया गर्छन् केही पैसा पनि दिन्छन् तर कतिपयले देखे नदेखे जस्तो गर्छन्।
भिडियो हेर्नुहोस् :
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
