नेकपा नेतृ शान्ता चौधरी भईन कक्षा ११ मा भर्ना, कुन कलेजमा के पढ्ने भईन् ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीकी नेतृ एवं सचेतक शान्ता चौधरी कक्षा ११ मा भर्ना भएकी छिन् ।

उनी आज नयाँ बानेश्वर स्थित काठमाडौंको रत्न राज्य माविमा पुगेर मानविकी संकायमा कक्षा ११ मा भर्ना भएकी हुन् । भर्ना गरेसँगै उनले खुसी हुँदै आफ्नो रोल नम्बर ६२ भएको बताईन ।

Advertisement

शान्ता आफू मात्र भर्ना भएकी छैनन्, आफ्नो साथमा दाङकी निलम थापालाई पनि भर्ना गराएकी छिन् । निलमको अभिभावकत्व पनि शान्ताले लिएकी छिन् ।

More News last news
Loading...