काठमाडौँ आउँदै गरेको बस त्रिशूलीमा खस्यो, ४ जनाको मृत्यु, १४ घाईते

धादिङ । बेनिघाट रोराङ गाउँपालिका ३ सलाङघाटबाट त्रिशूली नदीमा बस खस्दा ज्यान गुमाउनेको संख्या ४ पुगेको छ । उक्त दुर्घटनामा परी १४ जना घाईते भएका छन्।

सर्लाहीको मलंगवाबाट काठमाडौँ आउँदै गरेको ना ६ ख ७४६९ नम्बरको बस शुक्रबार बिहान त्रिशूली नदीमा खसेको हो। अहिले उद्धारको काम भैहरेको र बसमा ४० जनाभन्दा धेरै यात्रु रहेको प्रहरीको अनुमान छ।

Advertisement

प्रहरीका अनुसार अहिलेसम्म ४ जनाको शव भेटिएको र सनाखत हुन बाँकी रहेको छ। झण्डै २० जनाभन्दा बढी यात्रु हराइरहेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ। बस सडकबाट त्रिशुलीमा खस्ने क्रममा झाडीमा अड्केका केही घाइतेहरु भेटिएका छन्।

More News last news
Loading...