तीज गीत ‘म त छम्म छम्म गर्दै नाच्ने’को म्युजिक भिडियो सार्वजनिक (भिडियो)

काठमाडौँ । अमेरिकाको व्यस्त दिनचर्यासँगै नेपाली गीत सगीत क्षेत्रसँग नजिक रहेर म्युजिक भिडियोको काम गरिरहनु भएको निर्देशक नरमान राइको निर्देशनमा ‘म त छम्म छम्म गर्दै नाच्ने’ को अफिसियल म्युजिक भिडियो सार्वजनिक गरेको छ।

अगस्त २ तारिखमा अमेरिकाबाट सार्वजनिक गरिएको गीतमा गायिका दीपा तामाङको स्वर छ भने अमाशी राईको शब्द संगीत रहेको छ। ‘म त छम्म छम्म गर्दै नाच्ने’मा उदय राज पौडेलको म्युजिक एरेञ्ज रहेको छ।

Advertisement

यसैगरी म्युजिक भिडियोमा रेनुका चामलिंगको अभिनय रहेको छ भने इण्ट्रोड्रक्सिन मोडेलमा कुमारी राइलाई हेर्न सकिन्छ। भिडियोमा राज लुंगेलीको सिनेमाटोग्राफी र सम्पादन रहेको छ।

द स्टेप्ज़ क्रू र आरबीएनके डान्स स्टुडियोले सयक्त रुपमा बनाएको भिडियोलाई राज राईले निर्माण गरेका हुन्। निर्देशक नरमान राईको निर्देशनमा यसअघि करिब आधा दर्जन गीतको म्युजिक भिडियोहरु बजारमा आइसकेका छन्।

भिडियो

More News last news
Loading...