तनहुँबाट काठमाडौं आउदै गएका एक व्यक्तिलाई नागढुंङ्गामा प्रहरीले चेकजाँच गर्दा

काठमाडौं । आइतबार बिहान चन्द्रागिरी नगरपालिका २ नागढुङगामा एक जना व्यक्ति लागूऔषध सहित पक्राउ परेका छन्।

तनहुँ डुम्रे नगरपालिका १ बस्ने ३० वर्षीय सुमन थापालाई नियन्त्रित लागूऔषध डाईजेपाम २२ एम्पुल, नुर्फिन २३ एम्पुल, फेनरागन २१ एम्पुल सहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो।

Advertisement

महानगरीय प्रहरी प्रभाग नागढुङगाबाट खटिएको प्रहरीले पोखराबाट काठमाडौं आउँदै गरेको ना ५ ख ५७६१ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार थापालाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

More News last news
Loading...