नख्खु कारागारभित्र कैदी बन्दीबीच झडप, एकजनाको मृत्यु

काठमाडौँ । ललितपुरको नख्खु कारागारभित्र कैदी बन्दीबीच झडप हुँदा एकजनाको मृत्यु भएको छ।

ज्यान मार्ने उद्योगमा कैद जीवन भुक्तान गरिरहेका पवनकुमार महतोको आक्रमणबाट जबरजस्ती करणीको मुद्दामा जेल सजाय काटिरहेका पूर्णबहादुर राजीको मृत्यु भएको हो।

Advertisement

महतोले भुइँमा विच्छ्याइएको ब्लकले राजीमाथि प्रहार गरेका थिए। आक्रमणबाट गम्भीर घाइते भएका राजीको उपचारका लागि वीर अस्पताल पुर्याउने वित्तिकै मृत्यु भएको प्रहरीले जनाएको छ।

महतो र राजी दुवै जना कोठाबाहिर घाम तापेर बसेका थिए । एक्कासी कुटाकुट भएपछि अन्य कैदीबन्दी गएर छुट्टाएका थिए । झगडा हुनुअघि उनीहरू एकअर्काको जुम्रा हेरिरहेको अवस्थामा अन्य कैदीबन्दीले देखेका थिए।

More News last news
Loading...