कार्यालयमै पत्रकार दाहालमाथि हातपात, मोडेल अस्पतालमा उपचार हुँदै

काठमाडौं । पत्रकार प्रकाशचन्द्र दाहालमाथि सांघातिक आक्रमण भएको छ। सञ्चारखबर अनलाइनका सम्पादक एवं युट्युव च्यानल युथ अरोमाका सञ्चालक दाहाललाई बागबजारस्थित कार्यालयमा पुगेका ४–५ जनाको टोलीले कुटपिट गरेको हो।

अपरिचित समुहले पत्रकार दाहाललाई ‘यही हो’ भन्दै कुटपिट गरी भागेका हुन्। उनीहरुले पत्रकार दाहाललाई हेल्मेट समेतले प्रहार गरेका छन्। घाइते पत्रकार दाहालको प्रदर्शनी मार्गस्थित मोडेल अस्पतालमा उपचार भइरहेको छ।

Advertisement

नेपाल प्रेस युनियनका पार्षद समेत रहेका दाहालमाथिको आक्रमणको प्रेस युनियन काठमाडौं शाखाले भत्र्सना गरेको छ। घटनाको छानबिन गरी दोषीलाई कारवाही गर्न युनियनले माग गरेको छ।

More News last news
Loading...