काठमाडौँ । बालाजुमा मेलम्ची खानेपानी आयोजनाको पाइप सफा गर्ने क्रममा दुई जना मजदुरको ज्यान गएको छ।
पाइप सफा गर्ने क्रममा बिहान साढे ९ बजेतिर सप्तरीका २५ वर्षीय सुरेश साह र २० वर्षीय शिवकान्त साहको ज्यान गएको बालाजु प्रहरीले जनाएको छ।
पाइप सफा गर्ने क्रममा निसास्सिएर बेहोस भएका दुवैजनालाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लैजाँदै गर्दा बाटोमा नै ज्यान गएको हो।
ज्यान गुमाएका दुवै जना दाजुभाइ भएको अनुमान गरिए पनि पुष्टि भने भइनसकेको प्रहरीले जनाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
