काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदिप पौडेलले संविधान र लोकतन्त्र दुई तिहाइको सरकारका अगाडि निरीह भएको बताएका छन्।
संविधानतः व्यवस्थापिका संसदको सभामुख र उपसभामुख एउटै पार्टीको हुन नहुने व्यवस्था भएपनि हाल सत्तारुढ नेकपाकै तर्फबाट छन्।
त्यसतर्फ संकेत गर्दै पौडेलले बुधबार दिउँसो ट्विट गरेका छन्, “संसदको सभामुख उपसभामुख, अध्यक्ष उपाध्यक्ष एउटै दलको हुन नसक्ने विषय संविधानमा स्पष्ट व्यवस्था छ।तर, सबै तहमा एउटै दलको प्रतिनिधित्व भएको अवस्था छ।
यो विवाद होइन, बलमिच्याईं हो। चौध महिना भयो यो विषय अदालत पुगेको तर टुङ्गिदैन। बिचरा हाम्रो संविधान र लोकतन्त्र दुई तिहाइका अगाडि कति निरीह छ।”
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
