एनआरएनए हङकङको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा पुनः टिका गुरुङ निर्वाचित

हङकङ । गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आइतबार सम्पन्न सातौँ अधिवेशनबाट अध्यक्षमा पुनः टिका गुरुङ निर्वा्चित भएकी छन्। प्रतिस्पर्धी निरन्जन गुरुङलाई फराकिलो मतले हराउँदै टिका अध्यक्षमा विजयी भएकी हुन्।

प्रतिस्पर्धी निरन्जन गुरुङले प्राप्त गरेको १ सय ६२  मतलाई ११३ भोटले उछिन्दै टिकाले २ सय ७५ मत प्राप्त गरेकी थिईन्९ सय ५५ मतदातामध्ये ४ सय ३८ जनाले मात्रै निर्वाचनमा मतदान गरेका थिए ।अध्यक्षबाहेक अन्य सबै पदाधिकारी निर्बिरोध चयन भएका छन्। जसमा– उपाध्यक्ष किसन राई र कर्म गुरुङ, महासचिव गोकर्णप्रसाद ढकाल, सचिव डिल्लीराम विश्वकर्मा र कोषाध्यक्ष सन्तोषकुमार गुरुङ रहेका छन्।

Advertisement

त्यसैगरी महिला संयोजकमा अनु राई, युवा संयोजकमा प्रेम लामा र सदस्यहरूमा विजयकुमार गुरुङ, अर्जुन गौचन र अरबिन्द सिंह निर्विरोध निर्वाचित भएका छन् । अधिवेशनमा संघका केन्द्रिय उपाध्यक्ष कुमार पन्त, एनआरएनए एसिया प्यासिफिक उपसंयोजक बिनोद कुवँरलगायत अतिथिको विशेष सहभागिता थियो।

हङकङमा क्रियाशील दर्जन भन्दाबढी संघ संस्थामा आवद्ध रहेकी गुरुङ पेशाले व्यवसायी हुन् । उनले हङकङ र मकाउमा रियलस्टेट लगायतको व्यवसाय गर्छिन्। दोस्रो पटक अध्यक्षमा विजयी भएकी उनले आफ्ना अधुरा योजना र अघिल्लो कार्यकालमा नभ्याइएको कामहरू पुरा गर्नका लागि पुनः नेतृत्वमा आएको प्रतिक्रिया दिईन।

उनले आफूलाई मतदान गर्ने सबैलाई धन्यवाद दिदैँ सबैको मायाममता र विश्वासले एकता तथा स्थायित्वको लागि आफ्नो निरन्तरताको विजय भएको बताइन।

More News last news
Loading...