घाटमा लैजान लागेको शव जुरुक्क उठेपछि अर्का व्यक्तिको निधन

काठमाडौं । के हुन्छ जब अन्तिम संस्कारका लागि लिएको मान्छे उठ्छ ? साउदी अरेबियामा यस्तै घटना देख्न पाइएको छ। साउदीको मारोकेच सहरस्थित एक अस्पतालमा गत शुक्रबार उपचारका लागि एक बिरामी भर्ना भएका थिए।

 उपचार गर्न भर्ना भएका ती बिरामीलाई डाक्टरहरूले मृत घोषणा गरिदिएपछि नयाँ काण्ड सुरु भएको हो। मृत भएका ती व्यक्तिलाई परिवारहरूले अन्तिम संस्कारका लागि लिन खोज्दैथिए। मस्जिदबाट धर्मगुरू बोलाएर सबै खालको तयारी पुरा गरिएको थियो।

Advertisement

धर्मगुरूले मृत व्यक्तिलाई अन्तिम बिदाइ गर्न नमाज पढ्न सुरू गरे। तर मृत भनिएका व्यक्तिको अन्तिम बिदाइ हुँदै गर्दा ती व्यक्ति उठे। अन्तिम संस्कार गर्न तयारी पारेको मान्छे उठेको देखेर धर्मगुरूलाई हृदयघात भयो जसपश्चात उनको निधन भयो । धर्मगुरुको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा नै ज्यान गएको बताइएको छ।

More News last news
Loading...