कलंकीमा गोली चल्यो, २ राईलसहित १ जना पक्राउ

काठमाडौं । राजधानीमा फेरि अर्को गो’ली काण्ड भएको छ। काठमाडौं कलंकीस्थित पूर्वउपसचिव विष्णुप्रसाद शर्माको घरमा गो’ली प्र’हार भएको हो। उक्त घटनामा शंकास्पक एक व्यक्तिलाई प्रहरीले दुई वटा हति’यारसहित पक्राउ गरेको जानकारी दिएको छ।

उच्च स्रोतका अनुसार छिमेकी शोभाकर ढकाललाई सिकार खेल्न प्रयोग हुने दुई वटा राइ’फलसहित आज पक्राउ गरिएको छ। ढकालको घरमा तलासी लिँदा प्रहरीले २२ र १२ बोर राईफल बरामद गरेको बताइएको छ। प्रहरी स्रोतका अनुसार दुवै राईफल इजाजतप्राप्त नै हुन्। सोमबार राति शर्माको घरको तेस्रो तलाको झ्याललाई २२ राइ’फलको दुई एमएम गो’लीले छेडेको थियो। २२ र १२ दुवै राइ’फल सिकार गर्दा प्रयोग हुँदै आएका छन्।

Advertisement

उक्त राइ’फलबाट झ्याल छेडेपछि शर्माले प्रहरीलाई खबर गरेका थिए। गोलीले झ्याल छेड्दा शर्माकी छोरी पढिरहेको बताइएको छ। २२ बोर हति’यार र कोठामा भेटिएको गोलीको खोका परीक्षणका लागि विधिविज्ञान प्रयोगशाला पठाउन लागिएको छ। घटनाबारे प्रहरीले आवश्यक थप अनुसन्धान गरिरहेको छ। 

More News last news
Loading...