पूर्वजनमुक्ति सेनाका कमाण्डर गुरुङ १० वर्षको लागि जेल चलान

काठमाडौं । तत्कालिन शाही नेपाली सेनाबाट बिद्रोह गरि हतियारसहित माओवादीमा लागेका गोरखा आरुघाट गाउपालिका-७ का बिक्रम गुरुङ ‘शक्ति’लाई सैनिक आदालतले १० वर्षको जेल सजाय सुनाएको छ।

अदालतको फैसलासंगै गुरुङ जेल चलान भएका छन्। गुरुङलाई नेपाली सेनाले गत जेठमा काठमाडौँको कलंकीबाट पक्राउ गरेको थियो।

Advertisement

नेपाली सेनावाट हतियार सहित २०६३ भदौमा भागेर तत्कालिन माओवादी सेनामा लागेको आरोपमा गुरुङलाई पक्राउ गरि सेनाको भगौडा ऐन अनुसार मुद्धा चलाइएको थियो।

तत्कालिन कालि बहादर गण हेटौडामा कार्यरत सिपाही गुरुङ २०६३ साल भदौमा डिउटीमा खटिएको बेला हतियारसहित तत्कालिन माओवादीले संचालन गरेको जनयुद्धमा प्रवेश गरेका थिए। गुरुङ पछिल्लो समय परिवारसहित कलंकीमा होटल व्यावसाय गर्दै आएका छन्।

More News last news
Loading...