लहान । पूर्वमन्त्री चतुर्भुजप्रसाद सिंहको शुक्रबार बिहान निधन भएको छ। सप्तरीको राजविराज नगरपालिका निवासी उनको आज बिहान ६ बजे आफ्नै निवासमा निधन भएको हो।
विसं १९८९ असोजमा जन्मिएका उच्च रक्तचापबाट पीडित सिंह ८७ वर्षीय सिंह विसं २०१९ देखि २०४६ सम्म पटक–पटक सूचना तथा सञ्चार, भौतिक योजना तथा यातायात र उद्योग तथा वाणिज्यमन्त्री बनेको उनका छोरा सुमनप्रसाद सिंहले जानकारी दिए।
मुलुकमा प्रजातन्त्र स्थापना भएपछि पूर्वमन्त्री सिंहले सक्रिय राजनीति छोडेर समान्य जीवन बिताइरहेका थिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
