दोलखा केन्द्रविन्दु भएर भूकम्पको धक्का

काठमाडौं । अपरान्ह ५ बजेर ५८ मिनेट जाँदा सिंगटी केन्द्रबिन्दु भएर भूकम्पको धक्का महसुस भएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दोलखाको सिंगटी केन्द्रबिन्दु भएर ४ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको हो।

Advertisement

भूकम्पको धक्का दोलखासहित रामेछाप, काठमाडौं, ललितपुर, काभ्रे आसपासका जिल्लामा महसुस भएको बताइएको छ।

More News last news
Loading...