काठमाडौं । नेपाल टेलिकम वर्कर्स यूनियनको २८ औँ वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ। नेपाल टेलिकमको केन्द्रीय कार्यालयमा आयोजित बार्षिकोत्सव कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रमुख एवम् प्रमुख अतिथि सचेतक बालकृष्ण खाँडले सेवालाई समय सान्दर्भिक र सरल बनाउन सुझाब दिएका छन्।

युनियनको बार्षिकोत्सव अवसर कार्यक्रममा युनियनका महासचिव तथा कार्यक्रम महेश्वर खड्का, टेड यूनियन काङ्ग्रेसका अध्यक्ष महेन्द्र प्रसाद यादव, सदस्य बलदेव तमाङ, टेलिकमका प्रबन्धक डिल्लीराम अधिकारी लगायतले शुभकामना मन्तव्य राखेका थिए।
त्यस्तैगरी टेलिकम वर्कर्स यूनियन काठमाडौं क्षेत्रीय समितिले रक्तदान कार्यक्रम पनि आयोजना गरेको छ। यसै उपलक्ष्यमा क्षेत्रीय समितिले हाईकिङ, घैटो फुटाई, म्यूजिकल चियर, तातो आलु र आईक्यू कार्यक्रम सम्पन्न गरेको छ। उक्त प्रतियोगिताका विजेतालाई प्रमुख अतिथि खाँडले पुरस्कार वितरण गरेका थिए ।

यूनियनका अध्यक्ष राजेन्द्रप्रसाद जोशीको सभापतित्वमा सम्पन्न बार्षिकोत्सव कार्यक्रममा काठमाडौं क्षेत्रीय समितिका अध्यक्ष अचुत ओझाले दिनप्रतिदिन टेलिकमका ग्राहक संख्या बढ्दै गर्दा कम्पनीको राजस्व घट्नुको विषय गम्भीर भएको भन्दै यसको अनसन्धानमा लाग्नुपर्ने बताएका छन्।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
