माल्टा लैजाने प्रलोभनमा पारी नक्कली भिषा दिने व्यक्ति काठमाडौँबाट पक्राउ

काठमाडौं । माल्टा लैजान्छु भनी नक्कली भिषा दिलाई ठगी गर्ने कार्यमा संलग्न भारत उत्तर प्रदेश दिल्ली घर भई हाल काठमाडौं महानगरपालिका-९ सिनामंगल बस्ने २३ बर्षीय राहुल पाण्डेलाई काठमाडौं महानगरपालिका-१२ टेकुबाट शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ।

पाण्डेले भिभि इन्टरनेशनल प्रालि मार्फत नेपालीहरुलाई वैदेशिक रोजगारको लागि माल्टा लैजान्छु भनि नक्कली भिषा दिलाई विभिन्न कामदारहरुको भिषा प्रोसेसिङ र सेक्युरिटी डिपोजिट गर्नको लागि भन्दै पटक पटक गरी नगद ६५ लाख ७० हजार ६ सय रुपैयाँ ठगी गरेको अभियोगमा उक्त प्रालिका संचालक दावा शेर्पाको उजुरीको आधारमा महानगरीय अपराध महाशाखाको प्रहरीले पाण्डेलाई पक्राउ गरेको हो।

Advertisement

उनलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको सो महाशाखाले जनाएको छ।

 

More News last news
Loading...