चितवन । सत्तारुढ नेकपाको सचिवालय बैठकले देशभरका ६ वटा महानगरको इन्चार्ज चयन गरेको छ। भरतपुर महानगरपालिकाको इन्चार्जमा महानगर प्रमूख रेनु दाहाल चयन भएकी छिन्।
यस्तै काठमाडौं महानगरको इन्चार्जमा जीवनराम श्रेष्ठ, विराटनगर महानगरको इन्चार्जमा शिवकुमार मण्डल, वीरगञ्ज महानगरको इन्चार्जमा दिनेश राई, पोखरा महानगरको इन्चार्जमा मानबहादुर जिसी र ललितपुर महानगरको इन्चार्जमा सुशीला नेपाल चयन भएका छन्। ७७ वटा जिल्लाको इन्चार्ज र सहइन्चार्ज पनि चयन भएका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
