रौतहट । बाढीको पानी जमेको खाल्डोमा डुब्दा रौतहटमा दुई बालिकाको ज्यान गएको छ। देवाही गोनाही नगरपालिकामा रहेको बाधको खाल्डोमा डुब्दा बालिकाको ज्यान गएको हो।
देवाही गोनाही नगरपालिका-५ को लालबकैया नदी भन्दा उतर पूर्वतिर रहेको बाँधको खाल्डोमा जमेको पानीमा नुहाउन पसेकी ८ वर्षीया निरुता कुमारी र पिन्की कुमारीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
बाख्रा चराउन गएकी दुवै बालिका गर्मीका कारण खाडलमा नुहाउन पसेकी थिइन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
