काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले जिम्बावे क्रिकेटलाई निलम्बन गरेको छ । क्रिकेटमा राजनैतिक हस्तक्षेप भएको जनाउँदै आईसीसीले निलम्बनको निर्णय गरेको हो ।
लण्डनमा भएको आईसीसी बोर्डको बैठकले जिम्बावे क्रिकेटमाथि सबै अनुदानहरु रोकेको छ भने कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन पनि बन्देज लगाएको छ ।
‘खेललाई राजनीतिमा मुछेका कारण यो निर्णयमा पुगेका हौं,’ आईसीसीका अध्यक्ष शशांक मनोहरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । ‘आईसीसीको विधानसँग बाझिने गतिविधि जिम्बावेमा भएको थियो, जसलाई हामी नजरन्दाज गर्न सक्दैनौं ।’
यसअघि जिम्बावेको खेलकुद तथा मनोरञ्जन आयोगले त्यहाँको बोर्ड निलम्बन गर्दै तदर्थ समिति बनाएको थियो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
