सावधान : फेसबुकमार्फत यसरी हुन थाल्यो ठगी ! ८० लाख ठग्ने ३ जना पक्राउ

काठमाडौं । नेपालमा ठगी गर्ने नयाँ तरिका पत्ता लागेको छ। केही समय पहिले चर्चामा रहेको फेसबुक, भाइवर, इमो, ह्वाट्स एपलगायतका सामाजिक सञ्जालमार्फत ठगी गर्ने गिरोह फेरि सक्रिय भएको खुल्न आएको हो।

सामाजिक सञ्जालमा तारा ग्याजेट नामक पेज बनाएर सस्तो मूल्यमा विदेशी महंगा ब्रान्डका ल्यापटप, मोबाइल घडी क्यामेरालगायतका सामग्री ल्याइदिने भन्दै एक महिनाभित्र ८० लाख रुपैयाँ ठगी गर्ने ३ जनालाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले काठमाडौं खुसीबुबाट पक्राउ गरेको हो।

Advertisement

ठगी गर्ने तारा ग्याजेट पेजका सञ्चालक भारतका आकिव जावेद, महोत्तरीको सोनमा गाउँपालिकाका एमडी सगिर शेख र महोत्तरीको गौशलाका यमदादुल मोमिनलाई प्रहरीले पक्राउ गरेको हो।

पहिल्लो समय सामाजिक सञ्जालबाट ठग्ने क्रम बढिरहेको भन्दै प्रहरीले सचेत हुन पनि आग्रह गरेको छ। केही समय पहिले पनि कोठा भाडामा लगाउने चिठ्ठा परेको भन्दै लोभ्याउने लगायतका कार्यहरु गरेर ठगी गर्नेहरु पनि प्रहरी नियन्त्रणमा परेका थिए।

More News last news
Loading...