होटल भित्र यस्तो गर्दागर्दै समातिए भारतीयसहित ७ जना

काठमाडौं । नेपालमा अहिले होटल व्यवसायमा नाममा गलत्त धन्धा चलाउनेहरुको संख्या बढ्न थालेको छ।

यो बीचमा यस्तै कार्यमा संलग्न भएको भन्दै धनगढीको विकास होटल र होटल रोयल प्लेसबाट सात जनालाई प्रहरीले पक्राउ गरेको जानकारी दिएको छ।

Advertisement

पक्राउ पर्नेमा भारत उत्तर प्रदेश, रक्षपुरम मेरठका मिलिङ्गी त्यागी, विश्वदीप त्यागी, अभिषेक सिनसिनवार, धनगढीका सदानन्द राना, रामशरण राना र सन्तबहादुर थापा, कञ्चनपुर बेलौरीका अक्षय राना रहेका छन्।

जिल्ला प्रहरी कार्यालयका कैलालीका प्रवक्ता दक्षकुमार बस्नेतले घटनाबारे पुष्टि गर्नुभयो। होटलमा अनैतिक कार्य हुने गरेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले ती व्यक्तिलाई पक्राउ गरेको हो। शनिवार राति उनीहरुलाई पक्राउ गरे पनि आज मात्रै सार्वजनिक गरेको हो।

More News last news
Loading...