बर्दिवास । पूर्वपश्चिम राजमार्ग अन्तर्गत महोत्तरी बर्दिवास नगरपालिकास्थित भप्सी पुल बाढीले बगाएको छ। पुलको बीच भाग नै भत्किएपछि आवत–जावत ठप्प छ।
अविरल वर्षापछि आएको बाढीले पुल बगाउँदा पूर्वपश्चिम राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको र अहिले पुलको दुवै छेउमा ठूलो संख्यामा सवारी साधन रोकिएको प्रहरीले जनाएको छ। पुल भत्किएपछि सयौँ यात्रु अलपत्र परेका छन्। केही यात्रु गन्तव्यमा पुग्न जोखिम मोलेर नदी तरिरहेको स्थानीयले बताएका छन्।
भत्किएको पुल हेर्न सर्वसाधारणको घुइँचो लागेको छ। जिल्लामा चार दिनदेखि भइरहेको वर्षा अझै रोकिएको छैन।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
