काठमाडौं । अविरल वर्षाले देशभर आठ जनाको मृत्यु भएको छ।
गृह मन्त्रालयका अनुसार २६ असार देखि निरन्तर वर्षाका कारण बाढी र पहिरोले आठ जना वेपत्ता हुनुका साथै १३ जना घाइते भएका छन्। गृहले क्षति बढिरहेको जनाएको छ। क्षतिको थप विवरण आउन बाँकी रहेको छ।
अविरल वर्षाले नदीहरुको बहाव खतराको सूचीभन्दा माथि पुगेको छ। जनजीवन निकै प्रभावित छ। काठमाडौं उपत्यकामा बाटोहरुमा पानी जमेर हिंडडुल गर्न समस्या परेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
