काठमाडौंको कलंकी डुबानमा, सिलिन्डर समाउन खोज्दा एक व्यक्तिलाई बगायो

काठमाडौं । यस वर्ष मनसून शुरू भएयताकै लामो समयसम्म जारी वर्षाका कारण देशभरको जनजीवन प्रभावित बनेको छ।

बिहीवारयता भइरहेको अबिरल वर्षाका कारण तराईका भू-भाग र काठमाडौं उपत्यका डुबानको चपेटामा परेका छन्। काठमाडौंका कैयन भू-भाग जलमग्न बनेका छन्।

Advertisement

वर्षाका कारण कलंकी मालपोत क्षेत्र डुबानमा परेको छ । मालपोत कार्यालय, प्रहरी चौकी लगायतका स्थान जलमग्न बनेका छन्। यस क्रममा बल्खु खोलाको बाढीले एक जनालाई बेपत्ता बनाएको प्रहरीले जनाएको छ।

ग्यास सिलिन्डर बगाएपछि त्यसलाई समाउन जाने क्रममा विनोद चौधरी नाम गरेका व्यक्त कलंकीबाट बेपत्ता भएको महानगरीय प्रहरी परिसरका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले जानकारी दिए।

More News last news
Loading...