लगातार बर्षाका कारण काभ्रेमा पहिरोले घर पुरिँदा २ को मृत्यु, २ घाइते

काठमाडौं । देशैभरी लगातार बर्षादका कारण बाढी पहिरोको जोखिम पनि उत्तिकै बढिरहेको छ। यसै क्रममा काभ्रेको बनेपा नगरपालिका–३ मा घर पुर्दा दुई जनाको मृत्यु भएको छ भने अर्का दुई जना घाइते भएका छन्।

लगातारको वर्षापछि आएको पहिरोले रामप्रसाद दंगालको घर पुरिएको प्रहरीले जनाएको छ। पहिरोमा परेर रामप्रसादकी श्रीमती ५५ वर्षीया गोमा र नातिनी ७ वर्षीया सोहनीको मृत्यु भएको जनाइएको छ।

Advertisement

बुहारी सुशीला र अर्की नातिनी अनुष्कालाई उद्दार गरिएको छ र दुबैको शीर मेमोरियल अस्पतालमा उपचार भइरहेको एसपी जयराज सापकोटाले जानकारी दिएका छन्।

More News last news
Loading...