अविरल वर्षाका कारण सिंहदरबारको पूर्वी गेट छेउको पर्खाल भत्कियो

काठमाडौं । केही दिनदेखि परेको अविरल वर्षाका कारण सिंहदरबारको पूर्वी गेट छेउको पर्खाल भत्किएको छ।

नेपालको मुख्य प्रशासनिक केन्द्र सिंहदरबार पूर्व पट्टिको उक्त गेट आज बिहान भत्किएको हो। पर्खाल भत्किएपछि केही समय यातायात आवतजावतमा समेत समस्या परेको थियो।

Advertisement

अहिले पर्खाल ढलेपछि थुप्रिएको इँटा, माटो पन्छाउने काम भइरहेको महानगरीय प्रहरी परिसर सिंहदरबारले जनाएको छ।

More News last news
Loading...