काठमाडौँ । काभ्रेको बनेपा नगरपालिका वडा नम्बर ३ चुँडालमा पहिरोले घर पुरिँदा एकै परिवारका २ जनाको ज्यान गएको छ।
काभ्रेको बनेपा नगरपालिका ३ चुँडालका रामप्रसाद दंगालको घर पहिरोले पुर्दा दंगालकी श्रीमति गोमा दंगाल र नातिनी सोहनी दंगालको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पहिरोमा परी दंगालकी बुहारी सुशीला र अर्की नातिनी अनुस्का दंगाल घाईते भएका छन् । उनीहरुको शीर मेमोरियल अस्पतालमा उपचार भईरहेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
