विषादी प्रकरणमा प्रधानमन्त्री ओलीले मागे माफी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विषादी प्रकरणमा माफी मागेका छन् । उनले यो प्रकरणमा आफूलाई झुक्याइएको स्पष्ट पारे।

बिहीबार काठमाडौँमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भारतबाट आएको पत्रबारे आफूलाई झुक्याइएको बताए।

Advertisement

उनले भने,‘भारतबाट पात्र आएको रहेछ, तर मैले आएको छैन भनेर सार्वजनिक रुपमा बोलेँ। विभिन्न ठाउँमा कूटनीतिक प्रयास हुनु र मलाई जानकारी नदिनुले म लज्जित हुनुपर्‍यो। यसप्रति म क्षमाप्रार्थी छु।’

प्रधानमन्त्री ओलीले गत असार २१ गते बसेको आफ्नै पार्टी नेकपाको संसदीय दलको बैठकमा नेताहरुले भारतीय दूतावासले पत्र नै पठाएर आफ्नो देशबाट आउने तरकारी र फलफूलको विषादी सीमा नाकामा परीक्षण गर्ने निर्णय परिवर्तन गर्न दवाव दिएको भन्दै आलोचना भएपछि त्यसको जवाफमा ओलीले भनेका थिए, ‘खोइ पत्र, कहाँ छ पत्र ?’ उनले यसरी नै प्रतिप्रश्न गरेका थिए।

प्रधानमन्त्रीले निर्णय उल्ट्याउन कसैले दवाव नदिएको र पत्र पनि कसैले नपठाएको दावी गरेको ४८ घण्टा नवित्दै दूतावासको पत्र सार्वजनिक भयो । जब दूतावासले लेखेको पत्र सार्वजनिक भयो, त्यसपछि प्रधानमन्त्रीले झुठ बोलेको भनेर सर्वत्र आलोचना हुन थाल्यो । हुनु स्वाभाविक पनि थियो।

प्रधानमन्त्री ओलीले विषादी प्रकरणबारे भारतीय दूतावासबाट आएको पत्रबारे आफूलाई बेलैमा जानकारी नदिएका कारण आफूले नेपाली जनताको सामू लज्जित हुनु परेकोमा माफी मागे।

More News last news
Loading...