सिरहामा दर्दनाक बलत्कारको घटना, ९ महिने शिशु बलात्कृत

सिरहा । सिराहाको लहान नगरपालिका–२४ गोविन्दपुर महलनमा ९ महिने शिशु बलात्कृत भएकी छन् ।

प्रहरीले मंगलबार शिशु बलात्कार गरेको आरोपमा १४ वर्षीय एक बालकलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार बालिकालाई घरमा एक्लै छाडेर खेतमा काम गर्ने घरका सदस्यलाई खाजा पुर्याउन जाँदा बालकले बलात्कार गरेको प्रहरीले जनाएको छ ।

Advertisement

खाजा पुर्याएर घर फर्किंदा ती बालकलाई शिशुकी आमाले घरमै भेटेपछि उजुरी दिएकी हुन् । स्थानीयले समेत सूचना दिएको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको जनाइएको छ ।

शिशुको यौनीबाट रक्तस्राव भएपछि प्रहरीले उनलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल पठाएको छ ।

More News last news
Loading...