पाँचतारे एभरेस्ट होटेलमा जागिर खुल्यो, कुन पदमा कति हेर्नुहोस्

काठमाडौ । काठमाडौँको नयाँबानेश्वरस्थित पाँचतारे दी एभरेस्ट होटेलले बुधबार थुप्रै पदहरुमा कर्मचारी माग गरेको छ। भुकम्पपछि बन्द रहेको होटेल पुनर्निर्माणपछि पुनः सञ्चालनमा आउन लागेको हो ।

त्यसका लागि होटेललाई आवश्यक जनशक्ति माग गरेको हो । होटेलले सेल्स एन्ड मार्केटिङ, फ्रन्ट अफिस, हाउस किपिङ, इन्जिनियरिङ, फुड एन्ड बेभरेज प्रडक्सन, फुड एन्ड बेभरेज प्रडक्सन सर्भिस र फाइनान्स डिपार्टमेन्टका लागि थुप्रै पदमा आवश्यक जनशक्ति माग गरेको हो।

Advertisement

रिक्त पदहरुमा आवेदन दिन इच्छुक उम्मेदवारहरुले समान पदमा रही कुनै पनि चारतारे वा पाँचतारे होटेलमा काम गरेको अनुभव हुनुपर्ने छ । इन्छुक उम्मेदवारहरुले जुलाई २ सम्म आवश्यक डुकुमेन्टसहितको अपडेट सीभी र कभर लेटरहित होटेलको ई–मेलमा आफ्नो आवेदन पठाउन सक्ने छन्। थप जानकारीका लागि होटलको वेबसाईड theeveresthotel.com मा गएर पनि जानकारी लिन सक्नुहुनेछ ।

More News last news
Loading...