काठमाडौँ । नुवाकोट जिल्लाको विदुर नगरपालिकाका मेयरको घरमा बम फेला परेको छ। सोमबार राति मेयर सञ्जु पण्डितको घरमा प्रेस कुकर बम भेटिएको हो।
नेकपा विप्लव समूहले आह्वान गरेको बन्दको पूर्वसन्ध्यामा मेयरको घरमा प्रेसर कुकर बम फेला परेको हो। विप्लव समूहका कार्यकर्ताले उक्त बम राखेको अनुमान गरिएको छ। बमका कारण मेयरको घर आसपासका स्थानीय रातभर आतंकित भएका थिए।
आज बिहान नेपाली सेनाको बम डिस्पोजल टोलीले बम निस्क्रिय पारेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
