बन्दको अघिल्लो दिन ‘विप्लव समूह’का प्रभावशाली नेता बालुवाटारबाटै पक्राउ

काठमाडौं । प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका प्रभावशाली नेता नरबहादुर कार्की पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख उत्तमराज सुवेदी विप्लवका एक नेता कार्की पक्राउ परेको पुष्टि गरेका छन् । भोलि विप्लव समुहले बन्दको आह्वान गरेको छ ।

नो ट्याक्स नो एनसेल अभियान चलाइरहेका कार्कीलाई महानगरीय अपराध महाशाखा र काठमाडौं प्रहरीको संयुक्त टोलीले सोमबार अपरान्ह काठमाडौंको बालुवाटारबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

Advertisement

More News last news
Loading...