काठमाडौँ । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले असार १० गते गरेको नेपाल बन्दको घोषणा यथावत राखेको छ।
सरकारको पछिल्लो दमनको बिरोधमा नेकपाले असार १० गते बन्द घोषणा गरेको हो। पार्टी महासचिव विप्लवले एक विज्ञप्ति जारी गर्दै आन्दोलनका कार्यक्रम सहित भोली नेपाल बन्दको घोषणा गरेका थिए ।
उनले असार ७ गते प्रचारप्रसार, ८ गते कोणसभा र घरदैलो, ९ गते मसाल जुलुस र १० गते नेपाल बन्दको घोषणा गरिएको विज्ञप्तिमा उल्लेख गरेका थिए।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
