काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य प्रदिप पौडेलले वर्तमान सरकारले संविधान विपरित विभिन्न निकायमाथी अंकुश लगाउने काम गरेको भन्दै त्यसलाई रोक्ने प्रमुख दायित्व नेपाली कांग्रेसको भएको बताएका छन्।
राजधानीमा जिपि कोइराला अध्यन केन्द्रले आयोजना गरेको देशको राजनीतिक परिस्थिती र नेपाली कांग्रेसको भुमिका विषयक विचार गोष्ठीमा बोल्दै पौडेलले केपी ओली सरकारले कमिसनलाई वैधता दिएको आरोप लगाए।
उनले भने “कमिसन खाएर आफ्नो पार्टी र आसे पासेलाई बलियो बनाउने बाहेक अरु केही गर्न सकेको छैन वर्तमान सरकारले सरकारको त्यो कदमलाई रोक्न जुन भुमिका खेल्नुपर्दथ्यो त्यो कांग्रेसले पनि गर्न सकेको छैन”।
विगतमा चुनाव हारेको स्विकार गर्दै आगामी चुनाव कसरी जित्न सकिन्छ त्यसको बारेमा सोच्न जरुरी रहेको पौडेलले बताए। संसदमा बोलेर मात्रै केही हुंदैन पौडेलले भने “असन्तुष्ट जनताका समस्या बुझेर उनिहरुको साथमा सडकमा उत्रिन जरुरी छ।”
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
