पोखरा । आगामी असार १५ गते खार्पुनाथ गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
कर्णाली नदीमा जीप दुर्घटना भएर बेपत्ता भएकी खार्पुनाथ गाउँपालिकाकी उपाध्यक्ष हमालसहित ११ जना बेपत्ता भएकाहरुको सम्झनामा गाउँपालिकाको कार्यपालिकाको बैठकले शोकमा बिदा दिने निर्णय गरेको हो।
असार १५ गते पालिकाभित्र रहेका सरकारी, गैरसरकारी कार्यालय र विद्यालय सबै बन्द हुने जनाइएको छ। सुरक्षा निकाय, गोताखोर र स्थानीय परिचालन गरेर खोजी गर्दा पनि कसैलाई भेट्न नसक्दा अहिले सो गाउँमा शोकमा डुबेको छ।
खार्पुनाथ गाउँपालिका–५ वेणुसैन र कैलेबालु भन्ने स्थानमा जाँदै गरेको लु १ ज ७१६६ नम्बरको महेन्द्र पिकअप गाडी कर्णाली नदीमा खस्दा गाउँपालिका उपाध्यक्ष सिन्धु हमालसहित ११ जना बेपत्ता भएका थिए।
बेपत्ता भएकाहरुको खोजी तीव्र बनाउँदा पनि शव नभेटिएपछि बेपत्ता सबैको शव नभेटिएपछि पुत्ला बनाएर बिहीबार दाहसंस्कार गरिएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
