काठमाडौँ । उत्तरी क्षेत्रको रसुवागढीमा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनामा सुख्खा पहिरो ख्स्दा त्यहाँ कार्यरत १७ कामदार सुरुङभित्र थुनिएका छन्।
निर्मानाधिन १११ मेगावाटको जलविद्युत् आयोजनामा गएराति सुरुङको बाहिरी भागमा सुक्खा पहिरो जाँदा ती कामदार भित्रै फसेका हुन्।
सुरुङभित्र ११ नेपाली र छ चिनियाँ नागरिक भएको र उनीहरूको उद्धारका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बल जुटिरहेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ।
सदरमुकाम धुन्चेबाट २८ किलोमिटर उत्तरमा घटनास्थल रहेको र सुरुङभित्रका कामदार सुरक्षित रहेको आयोजना प्रमुख छवि गैरेले जानकारी दिए।
रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीको नेतृत्वमा उद्धार कार्य तीव्ररुप पारिएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
