चौतर्फी विरोधपछि गुठी विधेयक फिर्ता लिएको सरकारको घोषणा

काठमाडौँ । चौतर्फी विरोधपछि सरकार गुठी विधेयकबाट पछि हटेको छ। भूमिव्यवस्थामन्त्री पद्मा अर्यालले पत्रकार सम्मेलन गरेर विधेयक फिर्ता लिने निर्णय भएको जानकारी दिएकी हुन्।

यो विधेयक गत वैशाख १५ गते राष्ट्रियसभामा दर्ता भएको थियो। तर गुठी मास्ने गरी विधेयक ल्याएको भन्दै चौतर्फी विरोध भएपछि सरकार यस्तो निर्णय गर्न बाध्य भएको हो।

Advertisement

More News last news
Loading...