काठमाडौं । भारतको लोकसभाका एक सदस्यले नेपाली भाषामा सपथ लिएका छन् ।
लोकसभा सदस्यहरुको सपथग्रहणको दोस्रो दिन मंगलबार सिक्किमका लोकसभा सदस्य इन्द्रहाङ सुब्बाले इतिहासमै पहिलोपटक नेपाली भाषामा सपथ खाएका छन् ।
यसअघि भारतका विभिन्न सपथग्रहणका कार्यक्रममा कसैले संस्कृत भाषामा, कसैले हिन्दी त कसैले अँग्रेजीमा सपथ खाएका थिए तर सुब्बाले इतिहासमै पहिलोपटक नेपाली भाषामा सपथ लिएको भारतको दार्जिलिङबाट प्रकाशित हुने पत्रिका द दार्जिलिङ क्रोनिकलले जनाएको छ ।
नेपालमा जानीनजानी हिन्दीमा सपथ लिने मोह वढिरहेका बेला भारतमा नेपाली भाषमै सपथ खानुले नेपाल र नेपालीको शिर उचो भएको चर्चा मात्र चलेको छैन् यसले सामाजिक सञ्जाल समेत तताएको छ ।
WELL DONE: History Created – Sikkim MP Takes Oath in Nepali
Sikkim MP @IndraHangSubba1 today created history, by becoming the first MP in India, since Independence to take his oath in NEPALI language.
We are very proud of you Sir.Congratulations!! #JaiGorkha #JaiHind pic.twitter.com/i6fDmwHl9D
— The Darjeeling Chronicle (@TheDarjChron) June 18, 2019
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
