कांग्रेसको अवरोधपछि संसद बैठक स्थगित, रोष्टममा अड्किए प्रधानमन्त्री

काठमाडौं । कांग्रेसको अबरोधपछि प्रधानमन्त्री केपी शर्मा ओलीले संसदलाई सम्बोधन गर्न पाएनन् । सभामुखले प्रधानमन्त्रीलाई समय दिएको भएपनि उनी रोस्टममा पुगेपनि नबोलेरै फिर्ता भए ।

आज प्रधानमन्त्री ओलीले संसदलाई सम्बोधन गर्ने कार्यतालिका तय गरिएको थियो । त्यसका लागि उनी प्रतिनिसभाको बैठक सुरू भएपछि रोस्टममा गएका थिए । तर, कांग्रेस सांसदले आ–आफ्नो स्थानबाट उठेर विरोध जनाए । उनीहरूले लगातार नाराबाजी गरिरहे ।

Advertisement

सभामुख कृष्णबहादुर महराले पटकपटक आ–आफ्नो सीटमा बस्न आग्रह गरेका थिए। तर, कांग्रेस सांसदले बोल्न पाउनु पर्ने माग गरेका थिए। सभामुखले प्रधानमन्त्रीले बोलिसकेपछि मात्रै प्रतिपक्षका सांसदलाई बोल्न दिने बताएका थिए।

विरोध जारी रहेपछि सभामुख महराले संसद बैठक स्थगित भएको घोषणा गरे। बैठक स्थगित भएपछि रोस्टममा पुगेका प्रधानमन्त्री सम्बोधन नगरी फर्किए। संसदको अर्को बैठक भोलि बिहान ११ बजे बस्नेछ।

More News last news
Loading...