काठमाडौं । सरकारले ल्याएको गुठी विधेयकको विरोधमा हिन्दु धर्मसँग सम्बन्धित संघ, संस्थाहरुले आगामी असार १० गते काठमाडौं उपत्यका बन्द आव्हान गरेका छन्।
विश्व हिन्दु युवा संघ अन्तराष्ट्रिय समितिले आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी विधेयकको विरोधमा आगामी असार १० गते काठमाडौं उपत्यका बन्द आव्हान गरिएको जानकारी गराएको हो। समितिले विधेयकको विरोधमा असार २ गतेबाटै चरणवद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेको छ।
असार २ गते सो विधेयक फिर्ता लिन माग गर्दै देशैभरका सबै जिल्ला प्रशासन कार्यालयमार्फत् सरकारलाई ज्ञापन पत्र बुझाउने, ३ गते विधेयकको विरोधमा पशुपतिनाथ मन्दिर परिसरमा विरोधसभा आयोजना गर्ने, ४ गते देशका सबै मठमन्दिरमा १० मिनेट घण्टा बजाउनेलगायतका विरोधका कार्यक्रम तय गरिएको छ।
त्यसैगरी, असार ५ गते काठमाडौंको बसन्तपुरमा विरोधसभा आयोजना गर्ने, असार ७ गते गुठीसँग सम्बन्धित निकायसँग अन्तरक्रिया गर्नेलगायतका विरोधका कार्यक्रम पनि रहेको समितिका महासचिव रोशनजंग बस्नेतले जानकारी दिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
