रामेछापमा बस दुर्घटना, २ को मृत्यु, १३ जना घाइते

काठमाडौं । रामेछापको लखनपुरमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। भने १३ जना घाइते भएका छन्। अरनिको कोशीपारी यातायातको बा २ ख ७२४२ न‌म्बरको बस बिहीबार बेलुका लखनपुर बरबोट नजिकै दुर्घटना भएको हो।

दुर्घटनामा दोरम्बा गाउँपालिका – ६ का उद्धव गौतम र हरिबहादुर कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका डीएसपी सन्तोषकुमार भट्टराईले जानकारी दिए।

Advertisement

घाइते दुबै जनाको धुलिखेलस्थित अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। घाइते सबैको धुलिखेल अस्पतालमा उपचार भइरहेको डीएसपी सन्तोषकुमार भट्टराईले बताए।

More News last news
Loading...