सरकार बर्वाद भयो भन्दै बन्यो यस्तो आक्रमक गीत (भिडियो सहित)

काठमाडौँ । देशमा व्याप्त अभाव, गरिबी र भ्रष्टचार माथि तीखो व्यङ्ग्य प्रहार गरिएको गीत ‘ए सरकार’ सार्वजनिक भएको छ। साहित्यकार एवम् पत्रकार गिरिजा अधिकारीको शब्द रहेको गीतमा विकास पाण्डेको संगीत तथा गायक देवेन्द्र कार्कीको आवाज रहेको छ।

सरकार र पहुचमा रहेका व्यक्तिहरुले आफन्त र सालासालीलाई राम्रो स्थानमा जागिर लगाएको भन्दै कटाक्ष प्रहार गरिएको छ। गीतले सरकार प्रतीको चरम वितृष्णा र खबरदारीलाई एकसाथ समेटिएको छ।

Advertisement

भिमफेदी गाइजको अभिनय रहेको भिडियोमा देशको विकृती र विसंगतीलाई कलात्मक शैलीमा देखाइएको छ। निकै आक्रमक शैलिको गीतलाई भिमफेदी गाइजका निर्मलले निर्देशन गरेका हुन्। पवन शुस्लिङको सिनेमेटोग्राफी रहेको गीतको भिडियोमा ऐतिहासिक मकवानपुर गढी दरबारलाई देखाइएको छ।

More News last news
Loading...