धादिङ । नेपाली काँग्रेसका केन्दीय सदस्य एवम् धादिङ प्रतिनिधि प्रदीप पौडेलले आफ्नै लगानीमा बुढीगण्डकी बन्न सक्ने स्थिति हुँदाहुँदै गेजुवालाई ठेक्कादिनु नै बदनियतपुर्ण रहेको बताएका छन् ।
उनले यतिबेला सरकारकै मिलेमतोमा कामसुरू गर्न ढिला गरेर लागत बढाउने प्रयास भइरहेको बताएका छन्। उनले धादिङबाट चुनाव जित्ने नै यसको पछि परिरहेको बताएका छन्। उनले बढीगण्डकीलाई गजुवा मुक्त गराउ र कमिशनखोरीहरूलाई हटाउन जनता स्वएम् जागरुप हुनु पर्ने बताए।

नेता पौडेलले नेपाली काँग्रेस धादिङद्धारा राष्ट्रिय जागरण कार्यक्रम अन्तर्गत धादिङबेसीमा शनिबार आयोजित बृहत आमसभामालाई सम्बोधन गर्दै ओली सरकारले देशलाई अस्थिरता र अशान्तितिर धकेलेको आरोप लगाएका हुन्।
राष्ट्रिय जागरण कार्यक्रमका लागि एक महिनादेखि धादिङमा रहेका केन्द्रिय प्रतिनिधि प्रदिप पौडेलले कम्युनिष्ट सरकारले सिङ्गो मूलुकलाई नै कम्युनिष्टकरण गरेको आरोप लगाए।

हिमाल, पहाड, तराई–मधेस नेपाली काँग्रेस राष्ट्रिय जागरण अभियान अन्तर्गत एक महिना लामो पहिलो चरणकोे कार्यक्रम धादिङमा एक सय चार वडामा वडाभेला, १३ वटा स्थानीय पालिकामा पालिका स्तरीय र दुई निर्वाचन क्षेत्रमा क्षेत्रिय स्तरको भेला सम्पन्न गरेपछि काँग्रेसले जिल्ला स्तरीय आमसभा आयोजना गरेको हो।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
