एजेन्सी । हाम्रा पुर्खाहरुले कयौँ यस्ता पुराण र शास्त्रको रचना गरेका छन्, जसका आधारमा कुनै व्यक्तिको स्वभाव र भविष्यका बारेमा थाहा पाउन सकिन्छ। हाम्रो शरीरका हरेक अंगले हाम्रो स्वभावका बारेमा केही न केही कुराको शंकेत दिने गर्दछन्। हस्तरेखा विशेषज्ञ डा विनिता नागरका अनुसार नङको आकारका आधारमा पनि मानिनसका कयौँ कुरा थाहा पाउन सकिन्छ। आज हामी तपाईलाई नङको आकार हेरेर व्यक्तिको कुन कुन स्वभाव पत्ता लगाउन सकिन्छ भन्ने बारेमा जानकारी दिदैछौँ।
१) लामो नङ
जुन व्यक्तिको नङ लामो हुने गर्दछ, त्यस्ता व्यक्ति साना साना कुरामा रिसाउने स्वभावका हुने गर्दछन्।
यिनीहरुको कल्पना शक्ति निकै राम्रो हुने गर्दछ। यिनीहरु हरेक काम निकै सही ढंगमा गर्न मन पराउने गर्दछन्।
जीवनसाथीसँग यिनीहरुको जीवन सुखी हुने गर्दछ। यिनीहरु अरुलाई थाहा नहुने कुरा पनि बुझन सक्ने गर्दछन्।
चौडा नङ
जुन व्यक्तिको नङ चौडा हुने गर्दछन्, उनीहरुको स्वास्थ्य अवस्था निकै उत्तम मानिने गर्दछ।
यिनीहरु शारिरीक रुपमा पनि शक्तिशाली हुने गर्दछन्। यिनीहरु गहिरिएर सोच्ने र स्पष्ट कुरा गर्ने खाले हुन्छन्।
गोलाकार र अण्डाकार नङ
जुन व्यक्तिको गोलाकार र अण्डाकार नङ हुने गर्दछ, त्यस्ता व्यक्ति सधै खुसी हुने गर्दछन्। यिनीहरु शान्ति प्रिय हुने गर्दछन्।
यिनीहरुलाई वादविवाद मन पर्दैन्। यस्ता व्यक्ति आफ्नो कामलाई नयाँ नयाँ तरिकाले गर्न मन पराउने गर्दछन्।
चारकोण भएको नङ
जुन व्यक्तिको चारकोण आकारको हुन्छ, त्यस्ता व्यक्ति साहसी हुने गर्दछन्। यिनीहरु राम्रो नेतृत्वकर्ता र गम्भिर स्वभावका हुने गर्दछन्।
यस्ता व्यक्तिले आफ्नो आसपास रहने व्यक्तिलाई खुसी राख्ने र आफ्नो काममा पुरा समय दिने हुन्छन्।
त्रिकोणात्मक नङ
जुन व्यक्तिको नङ त्रिकोणात्मक हुने गर्दछ, त्यस्ता व्यक्ति निकै चतुर हुने गर्दछन्। यिनीहरु हरेक काम नयाँ तरिकाले गर्न मन पराउने गर्दछन्।
यिनीहरु निकै सम्झदारीसँग काम गर्ने र निकै सही कामको अपेक्षा पर्ने खालका हुने गर्दछन्।
यिनीहरु सधै नयाँ नयाँ आइडिया सोच्ने र आकर्षक व्यक्तित्ववाला हुने गर्दछन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
